मानसरोवर तीर्थ यात्रामा आउने भारतीय धर्मावलम्वीको घुँइचो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

मानसरोवर तीर्थ यात्रामा आउने भारतीय धर्मावलम्वीको घुँइचो

Manasarovar

निशा शाह 
नेपालगञ्ज, १ असार । नेपालगञ्ज विमानस्थलमा अहिले हिन्दु धर्मावलम्वीहरुको पवित्र धर्मस्थल मानसरोवरको तीर्थ यात्रामा जानका लागि आउने भारतीय धर्मावलम्वीहरुको घुँइचो लागेको छ । हरेक वर्षको जेठदेखि असोजसम्म मानसरोवर कैलाश पर्वतको तीर्थ यात्रा हुने गर्दछ ।

नेपाल लगायत भारतका हिन्दु धर्मावलम्वीहरु पवित्र धर्मस्थलका रुपमा प्रचलित मानसरोवरको तिर्थ यात्रामा जाने गर्दछन् । जेठको पहिलो सातादेखि मानसरोवर कैलाश पर्वतका लागि तीर्थ यात्रा सुरु हुने गर्छ । अहिले मानसरोवरको तीर्थ यात्रामा जानका लागि नेपालगञ्ज विमानस्थलमा भारतीय धर्मावलम्वीहरुको घुँइचो लागेको छ । कति धर्मावलम्वीहरु साथी भाईसँग आएको भेटिन्छन् भने कति सपरिवार नै मानसरोवार कैलाश पर्वतको तीर्थ यात्राका लागि आएका भेटिन्छन् ।

मानसरोवरको झिल समुद्र सतहदेखि ४ हजार ५ सय ८० मिटरको उचाईमा रहेको छ भने कैलाश पर्वत समुद्र सतहदेखि ६ हजार ७ सय १४ मिटर रहेको छ । प्रत्येक वर्ष करिव २० हजारको संख्यामा भारतीय पर्यटकहरुले कैलाश पर्वतको दर्शन गर्ने गरेका छन् । मानसरोवरलाई हिन्दु धर्ममा विश्वकै पवित्र तिर्थ स्थल मानिने भएकाले करेक मानिसले आफ्नो जीवनमा एकपटक यात्रा गर्नु पर्ने विश्वास गर्छन् ।

मानसरोवरस्थित कैलाश पर्वतको दृश्य आफैमा रमणीय,स्र्वग जस्तो रहेको छ भने वरीपरी रहेको झिल भन्दा मानसरोवर झिल जो कोहीलाई मनमोहक,मुग्ध बनाउने गर्छ । बाह्र बर्षदेखि लगातार मानसरोवरको तीर्थ यात्रामा आईरहेका भारतीय धर्मावलम्वीले कैलाशलाई स्वर्ग भनेर बयान गरेका छन् ।

यसरी मानसरोवरको यात्रुको चाप बढेकै कारण अहिले निजी स्तरको ट्वीनेटर जहाजको संख्या बढेलग्तै दिनमा करिव २५ पटक उडान हुने गरेको छ । विभिन्न एअरलायन्सले नेपालगञ्जबाट सिमीकोटकालागी उडान भर्ने गरेका छन् । नेपालगञ्जको एयरपोर्टबाट हुम्लाको सिमीकोटसम्म जानकालागी हवाई मार्गबाट करिव ४० देखि ५५ मिनेट लाग्छ भने हिल्सादेखि हेलिक्पटरबाट करिव २० मिनेटको हवाई यात्रागरी चीनको तिब्बत बोर्डरमा पुगिन्छ र बोर्डर पुगेपछि चाईनाको शहर पुराडग (ताक्लाकोट) शुरु हुन्छ र पहिलो चरणको मानसरोवरको यात्रा शुरु हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);