झारखण्डमा नक्सलवादीको आक्रमणमा पाँच प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

झारखण्डमा नक्सलवादीको आक्रमणमा पाँच प्रहरीको मृत्यु

jharkhand naxal attack

एजेन्सी, ३२ जेठ । भारत झारखण्डको सरायकेला खरसांवा जिल्लामा नक्सलवादीको आक्रमणमा पाँच प्रहरीको निधन भएको छ । शुक्रबार बेलुका नक्सलवादीले आक्रमण गरेको र त्यसमा दुई सब इन्स्पेक्टर र तीन प्रहरी जवानको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिम बंगालसँग जोडिएको तिरुलडीह क्षेत्रमा गाडीमा रहेका झारखण्डका प्रहरीमाथि चरमपन्थीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जानाएको छ । कुकड साप्ताहिक हाटबाट फर्किएका प्रहरीलाई कुरेर बसेका नक्सलवादीले आक्रमण गरेका हुन् ।

सरायकेला खरसांवा जिल्लामा पछिल्लो एक महिनामा नक्सलवादीले गरेको यो चौथो आक्रमण हो । समूहमा रहेका नक्सलवादीले प्रहरीको गाडीलाइ घेरेर अन्धाधुन्ध गोली चलाएको बताइएको छ । मुख्यमन्त्री रघुवर दासले ट्वीट मार्फत आक्रमणको निन्दा गर्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);