सर्वोच्चको अन्तरिम आदेशमा चल्दै क्यासिनो, क्यासिनोबाट दुई अर्ब बढी राजस्व उठ्न सकेन | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

सर्वोच्चको अन्तरिम आदेशमा चल्दै क्यासिनो, क्यासिनोबाट दुई अर्ब बढी राजस्व उठ्न सकेन

Casino

काठमाडौं, २९ जेठ । सर्वोच्चको अन्तरिम आदेशकै कारण राज्यले २ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउन सकेको छैन । अदालतको अन्तरिम आदेशकै कारण १० वटा क्यासिनो सञ्चालन भइरहेका छन् । ती क्यासिनोको मुद्दा हाल सर्वोच्चको संवैधानिक इजलासमा पेसी चढ्दै हेर्न नभ्याउने सूचीमा राखिँदै आएको छ । अदालतले अन्तिम फैसला नगर्दा काठमाडौं उपत्यकाका अधिकांश क्यासिनो पर्यटन मन्त्रालयले दिएको लाइसेन्सकै आधारमा सञ्चालनमा छन् ।

क्यासिनो नियमावली २०७० अनुसार पाँचतारे होटलमा सञ्चालित क्यासिनोले नयाँ इजाजत लिएर चलाउनुपर्ने भए पनि सर्वोच्चले दिएको अन्तरिम आदेशको भरमा क्यासिनो सञ्चालन गरिरहेका छन् । सरकारले २०७० सालमा ल्याएको क्यासिनो नियमावली पालना गर्न नसकेका कारण ०७१ वैशाखबाट बन्द भएका क्यासिनो ¥याड र भेनसलाई अदालतले सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको थियो । पाँचतारे होटल याक एन्ड यतीमा रहेको क्यासिनो रोयल पनि तीन वर्षदेखि अन्तरिम आदेशकै आडमा चल्दै आएको छ ।

क्यासिनो ह्याप्पी आवर प्रालिलाई गोकर्ण लामिछाने, सुरेन्द्रबहादर सिंह, भोजबहादुर बम, शारदादेवी सिंहले होटल स्विटड्रिम महेन्द्रनगर, होटल लाकौल भैरहवा, होटल स्नेहा नेपालगन्ज र होटल ढाका काँकडभिट्टामा गरी चार स्थानमा सञ्चालन गर्दै आएका छन् । १५ साउन २०७१ को सर्वोच्च अदालतको अन्तरिम आदेशले यो कम्पनीले रोयल्टी नतिरी क्यासिनो चलाउँदै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);