काठमाडौं, २७ जेठ । भूमिसुधार मन्त्री पद्मा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संसोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि नआएको दाबी गर्नुभएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि ल्याईएको विधेयकको विरोधमा भएको शान्ति पुर्ण प्रर्दशनमा प्रहरी दमन भएको भन्दै सरकारको जवाफ माग गरेपछि विभागिय मन्त्रीका दृष्टिले उहाँले विधेयकबारे स्पष्ट पार्नुभएको हो । मन्त्री अर्यालले हिजोको मर्म र भावनालाई प्रतिकुल पार्ने गरि विधेयक प्रस्तुत नभएको भन्दै विधेयकलाई गम्भीर रुपमा अध्ययन गर्न आग्रह गर्नुभयो ।
उहाँले संविधानको धारा २ सय ९० अनुसार विधेयक आएको भन्दै संविधानलाई एकिकृत रुपमा बुझ्न आग्रह गर्नुभयो । मन्त्री अर्यालले आईतबारको प्रर्दशनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको दाबी गर्नुभयो ।




