कुष्ठरोगी भएकै कारण ३५ वर्षदेखि जंगलको बास ! | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८१, शनिबार

कुष्ठरोगी भएकै कारण ३५ वर्षदेखि जंगलको बास !

jasbir soti

प्रकाश नेपाल
पाल्पा, २३ जेठ । पहिले पहिले कुष्ठरोग लागेमा घरपरिवार र समाज भन्दा पर एक्लै छुट्टै ठाँउमा रोगीलाई राख्ने परम्परा थियो । समाजमा बढ्दै गएको चेतना र औषधी उपचारको सहजतापछि भने यस्ता घटना कम भएका छन् तर पाल्पा निस्दीगाँउपालिकाका जसवीर सोती भने कुष्ठरोग लागेपछि ३५ वर्षदेखि गाँउबाट अलग्गीएर बस्न बाध्य छन् ।

न राम्रो बस्ने ठाउँ न त ओछ्याउने गुन्द्री । एउटा पकाउने भाँडा, ओढ्ने कम्बलसंगै जसविर सोतीले यो सानो झुप्रोमा आफ्ना दिन रात कटाउन थालेको ३५ वर्ष भयो । कुष्ठरोग लगेर २०४० सालमा गाउँलेद्धारा घरबाट निकालिएका पाल्पाको निस्दी ४ मित्याल घुंसिबारका जसवीर सोती अझै घर फर्कन सकेका छैनन् ।

४४ वर्षमा कुष्ठरोग लागेर गाँउ निकाला भएका सोती अहिले ८० वर्षका भए । उनको उपचारपछि रोग निको भैसकेको छ । तर गाउँलेले गरेको व्यवहारले मनमा दिएको चोट भने अझै निको हुन सकेको छैन । सामान्य नेपाली भाषा बोल्ने उनी, आफूलाई लागेको रोग भन्दा पनि गाउँलेले गर्ने व्यवहारबाट बढी त्रसित देखिन्छन् ।

उनको आफ्ना सन्तान भने छैनन् । कान्छा भाईको परिवार नै उनको परिवार हो । उपचारपछि परिवारले घरमै बस्न भने पनि गाउँलेको डरले उनी छाप्रो छाड्न सकेका छैनन् ।

सोतीको अवस्थाकोबारे जानकारी लिन निस्दीगाँउपालिका वडा न ४ को वडा कार्यालय पुग्दा वडा अध्यक्षले आफुलाई यसबारेमा जानकारी नभएको बताए । वडा अध्यक्ष न्योबहादुर सुनारीले अब आफुले तत्कालै गाउँमै राख्ने वातावरण बनाउन पहल गर्ने बताएका छन् ।

पाल्पाका बलवीर त एक उदाहरण मात्र हुन् । चेतनाको अभावमा देशका ग्रामीण क्षेत्रमा उनी जस्तै अन्य कुष्ठरोगीहरु पनि यसरी समाजबाट अलग्गीएर जंगलको बास बस्न बाध्य छन् । यो अवस्थालाई चिर्न न सरकारी निकायले सक्यो न कुनै गैरसरकारी संघ संस्था नै त्यहाँ पुग्न सकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);