जुकरवर्ग कार्यकारी अधिकृत तथा सञ्चालक समितिको अध्यक्ष दुवै पदमा रहिरहने
एजेन्सी, १८ जेठ । विश्वमा सामाजिक सञ्जाल प्रयोगकर्ता माझ लोकप्रिय रहेको सामाजिक संजाल फेसबुकको अध्यक्षवाट मार्क जुकरवर्गलाई अध्यक्ष पदबाट हटाउने प्रयास विफल भएको छ । फेसबुकको स्थापनाकालदेखिकै अध्यक्ष जुकरवर्गलाई हालै अध्यक्षबबाट हटाउने प्रयास गरिएको थियो । तर साधारणसभामा हालै भएको मतदानबाट उनी पुनः अध्यक्ष निर्वाचित भएका छन् ।
विश्वभरमा निकै लोकप्रिय रहेको सामाजिक संजाल फेसवुकको अध्यक्ष पदवाट मार्क जुकरवर्गलाई हटाउन गरिएको प्रयास विफल भएको छ । फेसवुकको स्थापना देखिनै अध्यक्ष पदमा रहेका उनलाई हटाउन प्रयास गरिएको भएपनि हालै भएको साधारण सभामा उनले वहुमत प्राप्त गरेपछि उनी पुनः फेसवुकको अध्यक्षमा निर्वाचित भएका हुन ।
साधारण सभाले जुकरवर्गलाई फेसवुकको कार्यकारी अधिकृत तथा सञ्चालक समितिको अध्यक्ष दुवै पदमा रहिरहने व्यवस्था गरेको छ । मार्क जुकरवर्गको फेसबुकमा ६० प्रतिशत शेयर रहेको छ । उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्ने केही लगानीकर्ताले अध्यक्ष पद छाडी कार्यकारी अधिकृतको पदमात्र सम्हाल्दा जुकरवर्गले कम्पनी सञ्चालनमा अझ ध्यान पु-याउन सक्ने भएकोले उनले अध्यक्ष पद छोडनुपर्ने तर्क गरेका थिए ।
साधारण सभामा भएको मतदान अघि फेसवुकका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले यस्तै आसयको भनाई राखेका थिए । उनले जुकरवर्गलाई कार्यरीकारी अधिकृतको भूमिका मात्र सम्हाल्न सुझाव दिएका थिए । ल्यारी पेज र एल्फबेट तथा बिल गेट्स र माइक्रोसफ्टको दृष्टान्त दिँदै उनले संस्थापक नै सञ्चालक समितिको अध्यक्ष बनिरहन पर्दैन भन्ने उदाहरण भएको तर्क गरेका थिए ।
फेसबुकको अध्यक्ष चयनका लागि साधारणसभा चलिरहँदा साधारणसभा स्थलको बाहिर एक समूहले फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई संरक्षण नगरेको भन्दै विरोध प्रदर्शन गरेका थिए ।
उता गत मे महिनामा फेसबुकका पूर्वसुरक्षा प्रमुख एलेक्स स्ट्यामोसले जकर्बर्गलाई प्रमुख कार्यकारीको पद छाड्न आग्रह गरेका थिए । उनलाई कार्यकारी अधिकृत वा अध्यक्ष पद छोडनका लागि दवाब वढेको भएपनि अन्ततः उनि दुवै पदमा यथाबत रहने छन् ।
अध्यक्ष पदमा पुनः निर्वाचित भएसंगै जुकरवर्गले अब फेसबुकले गोपनीयतामा ध्यान दिने वताएका छन् । विभिन्न समयमा उनलाई पद छोड्नका लागि आउने दवावमा आफ्नो नेतृत्वको बचाउ गर्दै आएका छन् ।