काठमाडौं, २० भदौ । प्रदेश नम्बर २ मा हुन गईरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको विषयमा तिब्र विवाद उत्पन्न हुँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विभाजनको बाटोमा पुगेको छ।
उम्मेदवार छनौटमा नेताले आफ्ना नातागोताका व्यक्तिलाई प्राथमिकता दिएकोमा असन्तुष्टि जनाउँदै राजपाका सचिव गजेन्द्र मण्डलले पदबाट राजीनामा नै दिएका छन् । यस अगाडि दुई चरणका निर्वाचन अस्वीकार गरेको राजपा तेस्रो चरणमा हुन लागेको २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा भाग लिन लागेको हो। उसले यस प्रदेशमा उम्मेदवार छनौट गर्न केन्द्रस्तरबाट ३ जनाको निर्देशक समिति बनाएको थियो।
निर्वाचनमा उम्मेदवार छान्दा निर्देशक समितिले सक्रिय कार्यकर्ता भन्दा पनि नेताका नजिककालाई टिकट दिएको मण्डलले आरोप लगाएका छन्। गरेर तेस्रो चरणमा हुन लागेको २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा भाग लिन लागेको हो।
उसले यस प्रदेशमा उम्मेदवार छनौट गर्न केन्द्रस्तरबाट ३ जनाको निर्देशक समिति बनाएको थियो। निर्वाचनमा उम्मेदवार छान्दा निर्देशक समितिले सक्रिय कार्यकर्ता भन्दा पनि नेताका नजिककालाई टिकट दिएको मण्डलले आरोप लगाएका छन्।




