महिलामाथि हुने सबै किसिमका विभेद र हिंसाको अन्त्य हुनुपर्छ : मन्त्री मगर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

महिलामाथि हुने सबै किसिमका विभेद र हिंसाको अन्त्य हुनुपर्छ : मन्त्री मगर

Bina-magar

काठमाडौं, १४ जेठ । खानेपानी मन्त्री बिना मगरले समतामुलक समाज निर्माणका लागि महिलामाथि हुने सबै किसिमका विभेद र हिंसाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । छैटौँ अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले जातिय विभेद र महिनावारी भएको समयमा महिलामाथि गरिने विभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले महिनावारी भएकी महिला र जातिय आधारमा गरिंदै आएको छुवाछुतको अन्त्य नभएसम्म महिलाले सम्मानित जीवन जीउने वातावरण श्रृजना हुन नसक्ने बताउनुभयो । महिनावारी प्राकृतिक र नियमित प्रक्रिया हो भन्ने जनचेतना लक्षित समुदायसम्म पुगे पुगेनन् भन्ने विषय नै सबै भन्दा महत्वपुर्ण भएको भन्दै उहाँले कार्यक्रम प्रभावकारिताको अनुगमनमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । छैटौ अन्तर्राष्ट्रिय महिनावारी दिवसको यस बर्षको नारा ‘मर्यादित महिनावारीः अव त काम थालौ’ भन्ने रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);