सरकार विप्लव नेतृत्वको नेकपासँग पछि गएर मिल्ने शशांकको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

सरकार विप्लव नेतृत्वको नेकपासँग पछि गएर मिल्ने शशांकको दाबी

डा. शशांक कोइराला

काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग मिल्ने दावी गर्नु भएको छ ।

महामन्त्री कोइरालाले नेपाली जनताले बनाएको राम्रो संविधान फेर्ने नियतका साथ वर्तमान सरकार र चन्द नेतृत्वको नेकपा मिल्ने तर्क गर्दै संविधानको रक्षा गर्न पनि काँग्रेस नेता, कार्यकर्ता एकजुट भएर अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।

वर्तमान सरकारले चन्द नेतृत्वको नेकपालाई आतंककारी भने पनि अन्तमा गएर उनीहरु मिल्ने आफूलाई लागेको महामन्त्री कोइरालाको भनाई छ । नेपाल प्रेस युनियनको २८ औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रलाई खतरामा पार्ने गरी आएको मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदबाट पारित नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

महामन्त्री कोइरालाले मिडिया काउन्सिलसम्बन्धि विधेयक पारित हुन नदिन सरकारविरुद्ध प्रतिक्रियामा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई पनि आह्वान गर्नु भयो । सरकारले ल्याएको सो विधेयक संसदबाट पारित भए लोकतन्त्र खतरामा पर्ने महामन्त्री कोइरालाको दावी छ ।