टुहुरा बालबालिकालाई मासिक भत्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

टुहुरा बालबालिकालाई मासिक भत्ता

balak

काठमाडौं, १३ जेठ । बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका टुहुरा बालबालिकालाई भत्ता वितरण गर्ने भएको छ । पालिकाभित्र रहेका २० जना टुहुरा बालकालिकालाई केही दिनभित्र भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक बर्षको साउनदेखि टुहुरा बालबालिकालाई मासिक २ हजारका दरले भत्ता दिने निर्णय गरेको थियो ।

माध्यमिक तहसम्म अध्ययनरत टुहुरा बालबालिकालाई पढाईमा सहयोग पुर्याउने उद्देश्यले भत्ता वितरण गरिन लागिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कर्कीले बताउनुभयो ।

टुहुरा बालबालिकालाइ पढाइमा आर्थीक अभाव नहोस भनेर मासिक २ हजार भत्ता दिन लागिएकोे हो उहाँले भन्नुभयो “टुहुरा बालबालिले आमा बुबा गुमाएको महसुस नगरुन र उनिहरुको पढाइमा कुनै पनि किसिमको समस्या नहोस भनेर भत्ता दिन लागेका हौं”

टुहुरा बालबालिकालाई दिईने भत्ताले बालबिवाह न्युनिकरणमा समेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो“ भत्ताले गरिबी र अशिक्षा कारण २० बर्ष नपुग्दै गरिने बिहेको पनि अन्त्य हुने अपेक्षा गरेका छौं”

आमा र बुवा गुमाएका टुहुरा बालबालिकालाई भत्ता वितरणपछी पठनपाठनमा सहयोग पुग्ने गाउँपालिकाको विश्वास रहेको छ ।  यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);