वीरेन्द्रको सम्पत्तिमा ब्रह्मलुट : लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वीरेन्द्रको सम्पत्तिमा ब्रह्मलुट : लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको

Late King Birendra Bir Bikram Shah

काठमाडौं, १३ जेठ । तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ। हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ।

हालको चन्द्रगिरि नगरपालिकाको थानकोट महादेवस्थानको ४३ कित्ताको १ सय २ रोपनी ३ पैसा, मातातीर्थको ३४ कित्ताको ५९ रोपनी १ आना ३ पैसा, सतुंगलको १ कित्ताको १ रोपनी ६ आना १ पैसा व्यक्तिको व्यक्तिको नाममा गइसकेको छ। बालाजुको २७ कित्ताको १० रोपनी ६ आना १ पैसा र सामाखुसीको ९ आना जग्गा ६ वर्षअघि नै व्यक्तिको नाममा गएको छ। यो जग्गा स–साना कित्तामा छरिएको छ। मोहीले खेती तथा बसोबासमा प्रयोग गरिरहेका छन्। ०७० असार ७ मा मोही/जोताहाको नाममा लालपुर्जा वितरण गरिएको तथ्य फेला परेको छ। मालपोत कार्यालय कलंकीले उनीहरूलाई लालपुर्जा उपलब्ध गराएको हो।

ट्रस्टको जग्गामा न मोही लाग्छ, न त हकदाबी नै हुन्छ। ट्रस्टको ऐनविपरीत यी जग्गा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ठाडो पत्रका आधारमा व्यक्तिलाई बाँडिएको देखिएको छ। राजा वीरेन्द्रको परिवारको वंशनाशसँगै उनको सम्पत्तिमा ब्रह्मलुट गरिएको छ। गणतन्त्रपछि राजा वीरेन्द्रको परिवारको चल/अचल सम्पत्ति नेपाल ट्रस्टको स्वामित्व ल्याएको हो। याे समाचार अन्नपुर्ण पोष्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);