द्वन्द्वकालीन न्यायको काम सम्पन्न गर्न वरिष्ठ नेता खनालद्धारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

द्वन्द्वकालीन न्यायको काम सम्पन्न गर्न वरिष्ठ नेता खनालद्धारा सरकारको ध्यानाकर्षण

jhal natha khanal

काठमाडौं, १२ जेठ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ द्वन्द्वकालीन न्याय सम्पादनको कामलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता खनालले द्वन्द्वपीडितहरुको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग आग्रह गर्नु भयो । उहाँले वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट सिफारिस समितिलाई सरकारको प्रभावमा नपरी दुवै समितिको पदाधिकारी सिफारिस गर्न पनि ध्यानाकर्षण गराउनु भयो । सरकारले सर्वोच्च अदालतले विगतमा दिएको फैसला र पीडित पक्षको सुझावलाई ध्यानमा राखेर द्वन्द्वकालीन न्याय सम्पादन गर्नुपर्ने नेता खनालको भनाई छ ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले पीडित पक्षको सुझावलाई मुख्य आधार बनाएर तत्काल द्वन्द्वपीडितहरुलाई न्याय दिन सरकारसँग माग गर्नु भयो । सांसद अधिकारीले द्वन्द्वपीडितहरुलाई न्याय दिनुअघि सरकारले एक पटक सरोकारवाला निकायसँग व्यापक छलफल गर्नुपर्ने पनि उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);