मन मिल्यो, जमिन मिल्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

मन मिल्यो, जमिन मिल्यो

ghar jagga

काठमाडाै, १२ जेठ । खेतमा ट्याक्टर लैजान नसकिने, गोरुले जोत्दा लागत बढी पर्ने । धान र पराल ढुवानीमा पनि समस्या । तीन रोपनी ४ आना खेतमा जम्मा ८ मुरी धान फलाउँथे, कास्की, माछापुच्छ्रे गाउँपालिका घाचोकका किसान  मोतीलाल पोखरेल ।

लागतबमोजिम मुनाफा नभएपछि ३ महिनाअघि घाचोकका किसान भेला भए । छलफलका क्रममा सबैको खेत मिसाएर चक्लाबन्दी गर्दै सामूहिक खेती गर्ने प्रस्ताव आयो । २२ कृषक सहमत भए ।

‘पहिला के–कसरी गर्ने भन्ने धेरै छलफल भयो, मन माझामाझ भयो,’ पोखरेलले भने, ‘छलफल हुँदै गएपछि मन मिल्यो । मन मिलेपछि जमिन पनि मिल्यो ।’ तिनै कृषक समेटिएर गाउँमा भूमे सिर्जनशील कृषक समूह गठन भयो । समूहका अध्यक्ष उनै मोतीलाल पोखरेल बने ।

समूहले ३ नम्बर वडाका २२ किसानको साढे ५१ रोपनी खेत एकै ठाउँ मिसायो । सिरानखेतका ससाना टुक्रा जमिन चक्लाबन्दीपछि ठूल्ठूला फाँट बने । एकीकृत जमिनलाई ५ भागमा विभाजन गरिएको छ । बाटो र सिँचाइ पुर्‍याइएको छ । खनजोतमा परम्परागत तरिका अपनाउनुपर्ने बाध्यता हटेको छ । वर्षमा ३ खेती लगाउने समूहको योजना छ ।

ब्याडमा जेठो बूढो धानको बीउ पलाइसकेको छ । ‘जेठमा बर्खे धान रोप्छौं, धान काटेपछि कात्तिक, मंसिरमा तोरी, आलु वा गहुँ लगाउँछौं,’ अध्यक्ष पोखरेलले भने, ‘फागुनमा चैतेधान रोप्छौं ।’ परम्परागत तरिकाले खेती गर्दा प्रतिरोपनी साढे दुर्ई मुरी धान उत्पादन हुन्छ । याे समाचार कान्तिपुर मा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);