मिडिया काउन्सिल विधेयक परिमार्जन गनुपर्छ : नेपाल | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

मिडिया काउन्सिल विधेयक परिमार्जन गनुपर्छ : नेपाल

बाँके, ११ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रेस काउन्सिल विधेयक परिमार्जन गर्नूपर्ने बताउनुभएको छ । शनिबार प्रेस संगठन बाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पत्रकारसंग जोडिएको प्रेस विधेयक विवादास्पद बन्न पुगेको भन्दै धेरैको राय, सुझाव लिएर अगाडी वढाउनुपर्ने बताउनुभएको हो ।

उहाँले सरकारले काम गर्न खोज्दा कतिपय त्रुटी गरेकाले अझै पनि सच्याउन समय रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले कम्युनिस्ट पार्टी सरकारमा आएपछि र शक्तिशाली भएपछि कतिपय दलहरुले बिरोधका कुरा मात्रै अगाडि सारेको भन्दै विरोधका निम्ति मात्र विरोध नगर्न आग्रह गर्नूभयो ।

उहाँले आफ्नो पालामा काम गर्न नसकेको सहर्ष स्वीकार गदै राम्रो काममा बाधा अवरोध खडा नगर्न समेत आग्रह गर्नूभयो । त्यसैगरी वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्र विधि र पद्धतिलाई बसाल्न आफूले खबरदारी गरिरहेको समेत जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);