नेपाल र भारतबीचको सम्बन्ध थप घनिष्ठ र मैत्रीपूर्ण बनाउने मोदीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

नेपाल र भारतबीचको सम्बन्ध थप घनिष्ठ र मैत्रीपूर्ण बनाउने मोदीको प्रतिबद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी

एजेन्सी, १० जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई ऐतिहासिक जित दिलाएकोमा विश्वभरका नेताले उनलाई बधाइ दिएका छन् ।

बिहीबार भएको मतगणनामा भारतीय जनता पार्टीले ऐतिहासिक जित हासिल गरेको हो । योसँगै मोदीले दोस्रो कार्यकाल सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । ऐतिहासिक जित हासिल गरेकोमा मोदीलाई विश्वभरका नेताले बधाइ दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले मोदीलाई बधाइ दिएका छन् । अधिकांश नेताले ट्वीटरमार्फत मोदीलाई बधाइ दिएका हुन् । मोदीले आफूलाई बधाइ दिने सबैजसो नेतालाई धन्यवाद दिएका छन् ।

उनले ट्वीटरमा आएका बधाइ सन्देशमा जवाफस्वरुप धन्यवाद दिएका हुन् । प्रधानमन्त्री ओलीले दिएको बधाइ सन्देशको जवाफमा मोदीले भनेका छन् तपाईको हार्दिक शुभकामनाका लागि धन्यवाद ।

नेपाल र भारत पुरानो समयदेखि घनिष्ठ मित्र र छिमेकी देश रहँदै आएको चर्चा गर्दै उनले दुई देशका नागरिकबीचको सम्बन्धले यसलाई अझ मजबुत बनाएको बताएका छन् । उनले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा लैजान प्रधानमन्त्री ओलीसँग सहकार्य जारी राख्न चाहेको जनाएका छन् ।

त्यस्तै नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले दिएको बधाइ सन्देशको जवाफमा मोदीले नेपालसँग पारम्परिक रुपमा घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन आफू प्रतिबद्ध रहेको जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);