काठमाडौं, १० जेठ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भिर नभएको आरोप लगाउनु भएको छ ।
अध्यक्ष शर्माले सरोकारवाला निकायसँग छलफल नै नगरी किन राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धि विधेयक संसदमा पेश गरेको ? भनि सरकारलाई प्रश्न पनि गर्नु भयो ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मानव अधिकारसम्बन्धि राष्ट्रिय/अन्तराष्ट्रिय फोरमहरुमा प्रतिवद्धता जनाएको सरकारले त्यसका लागि आवश्यक कानुन बनाउन भने नचाहेको दावी पनि गर्नु भयो । अध्यक्ष शर्माले सरकारकै संरक्षणमा मानव अधिकार हनन्को घटना बढदै गईरहेको पनि बताउनु भयो ।