कर्मनासा क्षेत्रको सात रोपनी भूमाफियाको कब्जामा | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

कर्मनासा क्षेत्रको सात रोपनी भूमाफियाको कब्जामा

karmanasa jagga

काठमाडौं, १० जेठ । ललितपुरको हात्तिवनस्थित सिलौटेमा पर्ने कर्मनासा आसपासको ७ रोपनी जमिन भूमाफियाको कब्जामा परेको छ ।

जग्गा व्यवसायीले खोलाको जग्गा मिचेर प्लटिङ गरेर जग्गा बिक्री वितरण गर्न थालेसँगै खोलाको बहाबक्षेत्र साँघुरिनुका साथै खेतीयोग्य जमिन टुक्राटुक्रामा खण्डीकरण भएको छ ।

२०२२ सालको नापी–नक्सा अनुसार खोला र खोला आसपासको सार्वजनिक जग्गा करिब ७ रोपनी रहेकामा पछिल्लो २०७० को नक्सा अनुसार त्यही जग्गा मुस्किलले ६ आना पनि छैन । जग्गा व्यवसायीले खोला र आसपासको जग्गा मिचेपछि खोलाको क्षेत्रफल खुम्चिएको छ । भने अन्य सार्वजनिक जग्गा पनि व्यक्तिको नाममा दर्ता भएको छ । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);