अन्तिम परिणाम सार्वजनिक नहुँदै प्रधानमन्त्रीले किन दिए मोदीलाई ‘बधाई’
काठमाडौैं ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा बिजय हासिल गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज अपरान्ह प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आगामी कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गर्नुभएको छ । मोदीको जित निश्चित भएपनि अन्तिम परिणाम नआउँदै प्रधानमन्त्री ओलीले बधाई दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।