चुनावी परिणाम घोषणापछि हिंसात्मक प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

चुनावी परिणाम घोषणापछि हिंसात्मक प्रदर्शन

indonasia

एजेन्सी, ९ जेठ । इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौं प्रदर्शनकारीहरू पक्राउ परेका छन्। राजधानी जाकार्तामा मंगलबार विरोध प्रदर्शनहरू गरिएका थिए। त्यही बेला हिंसा फैलिन पुग्यो। प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरे र प्रहरीलाई लक्षित गरी ससाना विस्फोटक पदार्थ फ्याँके।

त्यसपछि प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। निर्वाचन परिणाम आउँदा विडोडोले आफ्ना चिरकालीन प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोलाई पराजित गरेका थिए।

हिंसा किन चर्कियो?
जाकार्ताका गभर्नरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार पछिल्लो हिंसामा परी छ जनाको ज्यान गएको छ भने २०० जना घाइते भएका छन्। इन्डोनेशियाको निर्वाचन आयोगका मङ्गलवार विडोडोले ५५.५ प्रतिशत मत हासिल गर्दै राष्ट्रपति निर्वाचित भएको पुष्टि गरेको हो। मत परिणामअनुसार प्राबोवो राष्ट्रपति विडोडोसँग पराजित हुन पुगे।

एप्रिल १७ तारिखमा भएको मतदानमा १९ करोड २० लाख मतदाता मतदान गर्न योग्य थिए। परिणाम घोषणा हुने बेलामा प्राबोवोका हजारौँ समर्थकहरू निर्वाचन सुपरिवेक्षण भवनबाहिर भेला भएका थिए। प्रहरीले हटाएपछि उनीहरू जाकार्ता नगरमा अन्य भागमा पुगेका थिए। साँझ पर्न थालेपछि प्रदर्शनहरू हिंसात्मक हुन थाले। स्थानीय टेलिभिजनले महानगरका विभिन्न भागमा प्रहरी र प्रदर्शनकारीबीच तनाव बढ्न थालेका भिडिओहरू प्रसारण गरे।  यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);