कालिका र पप्पु कन्सट्रक्सनले कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कालिका र पप्पु कन्सट्रक्सनले कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने

pappu pool

काठमाडौं, ६ जेठ । मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याइँ गरेको आरोप लागका ठेकेदार कम्पनी सिटिसिई कालिका र पप्पु कन्सट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।

सरकारले हालै संसोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी नबनाउने नियम बनाएसँगै यी दुई कम्पनीले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् ।

राम्रो काम नगरेको आरोपमा यी दुवै कम्पनीको मुद्दा अदालतमा विचाराधीन छ । कालिका र पप्पुजस्तै अदालतमा मुद्दा परेका अन्य कम्पनीले पनि अब ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।  यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);