विद्यालय भित्र शिक्षाको नाममा खुलेआम धर्म प्रचार | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

विद्यालय भित्र शिक्षाको नाममा खुलेआम धर्म प्रचार

प्रकाश नेपाल
पाल्पा, ४ जेठ । पाल्पाको एक निजी विद्यालयले खुलेआम शिक्षाको नाममा धर्मको प्रचार गर्ने गरेको पाईएको छ । जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर १ चिर्तुङधारा बगनासमा रहेको ज्योति सामुदायिक बोर्डिङ स्कुलले विद्यालय भित्रै चर्च सञ्चालनमा ल्याएको पाइएको हो ।

पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङधारा बगनासमा रहेको ज्योति सामुदायिक बोर्डिङ स्कुलले विद्यालय भित्रै चर्च सञ्चालनमा ल्याएको पाइएको हो । कानुनत यसरी विद्यालयमा कुनै विशेष धर्मको प्रचार वा प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाईदैन ।

तर ज्योति सामुदायिक बोर्डिङ स्कुलले खुलेआम चर्च नै सञ्चालन गरिरहेको छ । विद्यालयकी प्रधानाध्यापक मिना हिताङ, विद्यालयले हल चर्चका लागि भाडामा दिएको भन्दै पन्छिन खोज्नु भयो । यद्यपी विद्यार्थी र अभिभावकका सबै अतिरिक्त क्रियाकलाप, छलफल र बैठक भने सोही हलमा हुने प्रधानाध्यापक हिताङले स्वीकार गर्नुभयो ।

नेपालको संविधानमा जवरजस्ती तथा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन नपाइने कानुन रहेको छ । विद्यालयमा रहेका बालबालिकालाई इसाई धर्ममा संलग्न गराउन लागिएको आरोप विद्यालय माथि लागेको छ । यसबारे ब्यापक गुनासो बढेपछि विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यले पनि विद्यालयमा चर्च राखिनु गलत भएकाले हटाइने बताएका छन् ।

कक्षा २ सम्म पढाई हुँदै आएको ज्योति सामुदायिक बोर्डिङ स्कुलमा ४९ जना विद्यार्थी रहेका छन् । अघिल्लो वर्ष गाउँपालिकाले कक्षा २ थपका लागि अनुमति दिएपनि विद्यालयले अन्य कक्षाहरु समेत चलाइरहेको छ । स्थानीयको गुनासोपछि गाउँपालिकाले बैशाख १९ गते विद्यालयलाई पत्राचार गरि अनुमति पाएभन्दा बढी कक्षा नचलाउन सचेत गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);