एजेन्सी, १९ भदौ । बलिउड अभिनेता रणवीर सिंहमाथि बलिउडकै सिनियर कलाकार रजा मुरादले थप्पड हानेका छन्, त्यो पनि एक पटक होइन २४ पटक ।
यो वास्तविकता हो तर रियलमा नभई रिल लाईमा भने हो । यतिखेर सन्जयलिला भन्सालीको फिल्म ‘पद्यावती’ छायांकनको क्रममा रहेको छ । सोही फिल्मको एक सीनमा रणवीरलाई थप्पड हान्नु पर्ने थियो । तर यो टेक ओके गर्नका लागि रणवीरले मुरादको २४ थप्पड खानुपरेको हो ।
निर्देशक भन्सालीको सन्तुष्टीको लागि रणवीरले २४ टेकसम्म थप्पड खाए तर उनले कुनै असन्तुष्टी जनाएन् । रणवीर र रजा मुरादले यसअघि फिल्म ‘रामलीला’ र ‘बाजीराव मस्तानी’मा पनि स्क्रिन शेयर गरिसकेका छन् ।
२४ थप्पड खाएको समाचारलाई कटिङ गर्दै यो सत्य भएको भन्दै रणवीरले इन्स्टाग्राममा पोष्ट गरेका छन् । फिल्ममा दीपिका पादुकोण, शाहिद कपुर पनि मुख्य भुमिकामा रहेका छन् । फिल्म आगमी नोभेम्बर १७ मा प्रदर्शनमा आउने छ ।