काठमाडौं, ३ जेठ । सर्वोच्च शिखर सगरमाथा र मकालु हिमाल आरोहण सकेर फर्कने क्रममा दुई भारतीय नागरिकको बाटोमा मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन ।
बिहीबार सगरमाथा आरोहण सकेर फर्किएका भारतीय सैनिक रवी ठाकुरको चौथो शिबिरमा आएपछि मृत्यु भएको थियो । त्यसैगरी संखुवासभामा रहेको मकालु हिमाल आरोहण सकेर फर्किँदै गर्दा अर्का भारतीय सैनिक नारायण सिंहको पनि मृत्यु भएको छ भने सोही हिमाल आरोहण गरेर फर्कने क्रमममा भारतीय नागरिक दिपशंकर घोष बेपत्ता भएको जनाइएको छ । यसवर्ष चार वटा हिमाल आरोहणका क्रममा ५ विदेशी अरोहीको मृत्यु भइसककेको छ भने दुई विदेशी बेपत्ता भएका छन् ।