विद्यालय भर्ना भए १५ वटा भेँडा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

विद्यालय भर्ना भए १५ वटा भेँडा

sheeps

काठमाडौं, २ जेठ । युरोपेली मुलुक फ्रान्समा एउटा अनौठो घटना भएको छ । त्यहाँको एक प्राथमिक विद्यालयमा केही कक्षाहरु बन्द हुने कुरा चलिरहेको थियो । उक्त प्राथमिक विद्यालयमा २ सय ६१ जना विद्यार्थी छन् । विद्यार्थीको संख्या घटेसँगै अभिभावकहरुले ‘किन विद्यालयमा विद्यार्थीको संख्या कम भयो ?’ भनेर प्रश्न उठाउन थाले । अभिभावकहरुको उक्त गुनासोलाई ध्यानमा राख्दै विद्यालयले १५ वटा भेँडालाई स्कुलमा भर्ना गरेको छ ।

क्रेत्स अन बेलडोन सहरमा रहेको प्राथमिक विद्यालयको खबर हो यो । उक्त सहरको जनसंख्या जम्मा ४ हजार छ । विद्यार्थीको संख्या कम भएर कक्षाहरु नै घटनाउनुपर्ने अवस्था आएको बेला स्थानीय एकजना भेडा किसान उद्धारक बनेर देखा परे । उनले स्कुललाई आफ्ना १५ वटा भेडा दिन प्रदान गरे । भेडालाई स्कुलमा भर्ना गरेसँगै भेडाको जन्मदर्ता प्रमाणपत्र पनि पेश गरिएको छ ।

गेल लावेल नामका एक अभिभावकले यसरी स्कुलमा भेडा भर्ना गर्ने आइडिया फुराएका थिए । उक्त स्कुलमा हाल ११ कक्षा छन् । कक्षालाई घटाएर १० बनाइएपछि उनले विरोध गरेका थिए । एउटा कक्षा घटाउँदा हरेक कक्षामा विद्यार्थीको चाप बढ्ने र विद्यार्थीको पढाइमा असर पुग्ने दाबी उनले गरे । त्यसपछि उनले कूल विद्यार्थी संख्या बढाउनका लागि भेडालाई स्कुलमा भर्ना गर्ने प्रस्ताव गरे । जसका कारण कक्षाको संख्या घटाउनु नपरोस् र कक्षामा विद्यार्थीको अनुपात नबिग्रियोस् ।

उनको प्रस्तावलाई सहरका मेयर ज्याँ लुई मेरेले पनि स्विकार गरे । मेयरका बच्चाहरुले पनि सोही स्कुलमा पढ्ने गर्दछन् । स्कुलमा भेडाहरु समेत आउन थालेपछि विद्यार्थीहरु समेत रमाउन थालेका छन् ।

एजेन्सी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);