काठमाडौं, १ जेठ । संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
संसदको बिकास तथा प्रबिधि समितिको बुधबार बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो । काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकि कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनु भयो ।
बैठकमा खानेपानी मन्त्री विना मगरले मन्त्रिपरिषदमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकि कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक कामकार्वाहीलाई अघि बढाएको दावी पनि गर्नु भयो ।
इटालियन कम्पनी सिएमसीले मेलम्ची खानेपानीको बाँकि काम अलपत्र छोडेर हिँडेपछि त्यसलाई अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।