काठमाण्डौँ, १९ भदौ । आयुष्मान देशराज जोशीको प्रेममा रहेकी नायिका प्रियंका कार्की केही समय यता प्रेमकै कारण चर्चामा आईरहेकी छिन् ।
यि दुई खुलेर एक अर्काको प्रेममा रमाईरहेका छन् । यतिमात्र होइन उनीहरुको प्रेममा परिवारको समेत सहमति छ । हालै प्रियंकाले आयुष्मानकी आमा रविना देशराजसँगको सेल्फी इन्स्टाग्राममा पोष्ट गरेपछि सर्वत्र चर्चा भएको छ ।
प्रियंका र रविनाले स्विमिङको लागि तयार भएपछि ऐनासँग सेल्फी लिएका हुन् । तस्बिरमा उनीहरु निकै हट देखिएका छन् ।