विरोधमा उत्रिए फोरमका कार्यकर्ता, उपाध्यक्ष यादवलाई आफ्नै घरमा थुने | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

राजविराज, १९ भदौ । संघीय समाजवादी फोरम नेपालले बाँकी रहेका २९ स्थानीय तहका उम्मेदवारको टिकट टुंगो लगाएसँगै कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् ।

 

टिकट वितरणमा धाँधली गरेको भन्दै कार्यकर्ताहरुले नेताहरुविरुद्ध नाराबाजी सुरु गरेका हुन् । विरोधमा उत्रिएका कार्यकर्ताहरुले दुई नम्बर प्रदेशकका प्रादेशिक संयोजक रेनुकुमार यादवलाई उनकै घरमा दुई घण्टासमम थुनेर राखेका हुन् ।

 

 

पार्टीका केन्द्रीय उपाध्यक्ष यादवको राजविराजस्थित निवासको मूल ढोकामा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्। कार्यकर्ताहरुले घर अगाडि नै टायर बालेर प्रदर्शनसमेत गरेका छन्।