प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमणप्रति फरक-फरक विश्लेषण | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमणप्रति फरक-फरक विश्लेषण

pm oli in vietnam

काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली गत बिहिवार देखि समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाको भ्रमणमा हुनुहुन्छ । एकहप्ता लामो भ्रमणमा दुबै देशसँग दुइपक्षीय सहमति तथा सदभाव निर्माण गर्ने कार्यतालिका अन्तर्गत कम्बोडयाको भ्रमण सकेर प्रधानमन्त्री ओली भियतनाम भ्रमणमा हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह हुनसेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि गत बिहिवार प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण नेपालको तर्फबाट दक्षिण पूर्वी एसियामा लामो समयपछिको पहिलो उच्चस्तरको पहिलो भ्रमण समेत हो । प्रधानमन्त्रीको तहबाट भएको उच्चस्तरको भ्रमणले नेपालले ती देशहरुलाई उच्चस्तरकै प्राथमिकता राखेको प्रस्ष्ट हुन्छ । तर, ती देशहरुसँग कुटनीतिक सम्बन्ध स्थापनाको लामो समय भएरपनि सांस्कृतिक तथा अन्य हिसावले आदानप्रदान उल्लेदनीय छैन ।

प्रधानमन्त्रीको प्राथमिकतालाई लिएर फरक-फरक विश्लेषण भइरहेका छन् । कुटनीतिक मामिलामा कलम चलाउने वरिष्ठ पत्रकार तथा लेखक यूवराज घिमिरे प्रधानमन्त्रीको भ्रमणलाई गैरसरकार संस्थाले आयोजना गरेर नेपाल सरकार सहभागि भएको एसिया प्यासिफिक समिटसँग जोडेर हेर्छन् । होली वाइन कण्डका रुपमा नेपालमा चित्रित भएको समिटमा कम्बोडियाबाट राष्ट्रपति नै सहभागि भएका थिए भने भियतनामबाट पनि प्रधानमन्त्री सहभागि भएका थिए । त्यही बेलाको निमन्त्रणमा भ्रमण भएकाले यसले सकारात्मक परिणाम नदिने पत्रकार घिमिरेको विश्लेषण छ ।

कम्बोडिया धेरै हिन्दुहरु मन्दिरहरु भएर पनि हिन्दुहरु नभएको देश हो । भियतनाम पनि लामो युद्धबाट आएको मुलुक हो । यी विषयमा सुक्ष्म अध्यनका लागि प्रधानमन्त्री नभएर विज्ञहरुको भ्रमण हुनु र त्यसबाट हामीले पाठ सक्निुपर्ने विश्लेषकहरु बताउँछन् । उनीहरुले प्रधानमन्त्रीकै तहको भ्रमणको भने औचित्य देखिरहेका छैनन् ।

कुटनीतिक मामिलाका जानकारहरु भने भने विश्वमञ्चमा उदाउँदै गरेका औधोगिक राष्ट्रहरु भएकाले ती देशको भ्रमणले अर्थपूर्ण महत्व रहेको बताउँछन् । भियतनाम र कम्बोडीया दुवै बौद्ध धर्मालम्बीका देश भएकाले धार्मीक पर्यटनको विकासलाई टेवा पुग्न सक्ने समेत उनीहरु बताउँछन् ।

शनिबार भियतनामका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री बिचको भेट बार्तापछि दुई देशबिच कुटनीतिक तथा सरकारी राहदानी बहाकहरुलाई भिसा छुट सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई सरकारबीच परामर्श संयन्त्र निर्माणगर्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ । यसले दुइदेशको सम्बन्धमा सकारात्मक परिणामदिने अपेक्षा गरिएको छ । तर, कुटनीतिक राहदानी बाहकलाई भिषा छुटको व्यवस्थाले जासुसीसंयन्त्रको अवान्छित गतिविधि तथा तेस्रो मmुलुकको जासुसीमार्फत् आउनसक्ने खतराका विषयमा भने कुटनीतिज्ञहरुले सचेत हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीको भ्रमणमा नेपाल भ्रमण बर्ष २०२० का लागि प्रधानमन्त्रीले भियतनामका प्रधानमन्त्रीलाई निमन्त्रणा समेत दिनुभएको छ । प्रधानमन्त्री ओलीको कुटनीतिक भ्रमण बौद्धमार्गीलाई आकर्षण दिने भनिएपनि भ्रमणटोलीमा बौद्ध धर्मका ज्ञाताहरु एकजना पनि सहभागि छैनन् ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, सङ्घीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वाचित पदाधिकारी, बैंककस्थित नेपाली दूतावासका पदाधिकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी छन् । भ्रमणको पूर्ण समिक्षा भने आगामी जेठ एकमा प्रधानमन्त्री स्वदेश फर्किएपछि सुर हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);