सार्वजनिक खरिद कार्यालयको काम सन्तोषजनक नभएको उपसमितिको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

सार्वजनिक खरिद कार्यालयको काम सन्तोषजनक नभएको उपसमितिको निष्कर्ष

sambandha samiti

काठमाडौं, २५ बैशाख । अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको ठहर गरेको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको वाईडवडी विमान खरिद प्रकरणको छानविन गर्न गठित उपसमितिले बुधवार बसेको समितिको बैठकमा अध्ययनका क्रममा सार्वजनिक खरिद कार्यालयको काम कारवाही सन्तोषजनक नभएको निष्कर्ष सुनाएको हो ।

वाईडवडी विमान खरिद प्रक्रियासंग जोडिएका संघ संस्था र निकायसंगको छलफल र अनुगमनको क्रममा उपसमितिले सार्वजननिक खरिद कार्यालयमा स्रोत साधनको अभाव रहेको र सोही कारण प्रभावकारी ढंगले काम गर्न नसकेको फेला पारेको हो । सार्वजनिक खरिदका विषयमा नयाँ ऐन आवश्यक रहेको वा संसोधन गर्नुपर्ने तथा नीतिगत अन्य परिर्वतनका सामान्य विषयमा पनि कार्यालयले गृहकार्य नगरेको पाईएको उपसमिति संयोजक दिपक भट्टले जानकारी दिनुभयो ।

समितिको बुधबारकै बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया र भियतनाम भ्रमणबारे समितिलाई जानकारी गराउनुभएको छ ।

बैठकमा समिति सदस्य भीम रावलले बेलायती गोर्खा सैनिकहरु र नेपालको सिमा क्षेत्र सुरक्षाका विषयमा यसअघि गरेको निर्देशन कार्यान्वयबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा धारणा राख्ने समिति सदस्यहरुले अन्तराष्ट्रिय सम्बन्धका बारेमा आएका सुझावलाई सत्ता पक्ष र प्रतिपक्ष दलको रुपमा नहेरी राष्ट्रहितको रुपमा लिएर कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);