काठमाडौं, २४ बैशाख । दुई राजनीतिक दल नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भएको छ र पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ घोषणा गरिएको छ । नेपालमा अहिलेसम्म तोकीएरै समाजवादी पार्टी भनेर गठन भएको थिएन तर त्यसको आवश्यकता छ भनेर निकै लामो चर्चा भएको थियो । उपेन्द्र यादव र डा। बाबुराम भट्टराईबीचको मेलको कारणले ‘समाजवादी पार्टी, नेपाल’ बनिसकेपछि अब जनतालाई समाजवादको अनुभूति हुन्छ कि हुदैन भन्ने प्रश्न खडा भएको छ । भर्खर मिलेको यो पार्टीको गति, दिशा र लक्ष्य के हुनेछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संघीय समाजवादीका नेता डा.शिवजी यादवसंग गरेको कुराकानी हेर्नुहोस् :