मेलम्ची खानेपानी आयोजनाः व्यर्थै साढे २ अर्ब भार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेलम्ची खानेपानी आयोजनाः व्यर्थै साढे २ अर्ब भार

melamchi

काठमाडौं, २४ बैशाख । मेलम्चीको बाँकी काम (३ प्रतिशत) का लागि थप २ अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ । ३६ करोड रुपैयाँ भुक्तानी दिएको भए आइसकेको मेलम्ची सरकारी कर्मचारीको ‘द्रव्यमोह’ का कारण बाँकी काम सक्न राज्यले यति धेरै रकम पुनः लगानी गर्नुपरेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

अघिल्ला खानेपानी सचिव गजेन्द्र ठाकुरले मेलम्ची ठेकेदार सीएमसीलाई दिनुपर्ने ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएका थिए । सीएमसी नफर्किने छाँट देखेपछि खानेपानी मन्त्रालयले नयाँ ठेक्का गर्नुपर्ने भएको हो । यसका लागि मेलम्ची खानेपानी बोर्डले बाँकी कामका लागि दुई अर्ब ५२ करोड रुपैयाँको लागत अनुमान गरेको छ ।

लागत अनुमान तय भइसकेको र मेलम्ची बोर्डले निर्णय गरी मन्त्रिपरिषद्बाट पारित गराउने तयारी भइरहेको खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले बताए । ‘आठदस दिनभित्र हामी (सरकार) मेलम्चीको बाँकी कामको ठेक्का गर्दै र्छाैं’, सचिव शर्माले भने ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);