सरकारले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको हैसियत दिन खोजेको भन्दै कांग्रेसको आपत्ती | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

सरकारले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको हैसियत दिन खोजेको भन्दै कांग्रेसको आपत्ती

नेपाली कांग्रेस

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ती जनाएको छ । शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरि कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको ठहर गरेको हो ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भन्ने शब्दाबली प्रयोग गर्नु सैद्धान्तिक रुपमै गलत भएको कांग्रेसले ठहर गरेको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “ मेरो सरकार भन्नु सैद्धान्तिक रुपमा नै गलत हो । प्रधानमन्त्री ओलीजीले विद्यादेवी भण्डारीलाई चाहिने कार्यकारी राष्ट्रपति जस्तो या राजामहाराजा जस्तो पोजिसनमा राख्न खोजिरहेको जुन खालको बजारमा हल्ला भएको थियो त्यसलाई अझै अगाडि बढाउने ढंगले ल्याईएको छ । यो विल्कुलै संशोधन गर्नुपर्छ । ”

कांग्रेसले नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दा को संज्ञा दिएको छ । कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराई स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा पनि राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको जनाएको छ । सरकारको नीति तथा कार्यक्रमले नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।

प्रमुख सचेतक खाँडले भन्नुभयो “संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराउने, स्थानीय सरकारलाई क्रियाशिल गराउने सोच नभएको तथा राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने खालको नीति कार्यक्रम आयो । साधन स्रोत बिनाको एउटा पुलिन्दा जसले सपना बांड्न सक्छ तर यथार्थ रुपमा आम नेपाली नागरिकको जीवनलाई परिवर्तन गर्न सक्दैन । नीति र कार्यक्रमको आधारशिला नै कमजोर छ । यसको सोचाई र दृष्टिकोणहरु नै कमजोर छन् । यसको प्रस्तुतीकरण नै पुराण जस्तो छ ।” सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको भन्दै चौतर्फी आलोचना हुदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);