काठमाडौं, २१ बैशाख । मुलुककाे आर्थिक उन्नतिमा इन्जिनियरहरूकाे महत्वपूर्ण भूमिका हुनेहुदा छरिएर हाेइन संगठित भएर इन्जिनियरहरूले काम गर्नु पर्ने बेला आएकाे नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बताउनु भएकाे छ । नेपाल भ्यालुयर्स एसाेसियसनकाे चाैथाे अधिवेशन उदघाटन गर्नेक्रममा गभर्नर नेपालले अब बत्तिय क्षेत्र संग इन्जिनियरकाे कनेक्सन गराउने नीति राष्ट्रबैकले बनाउने पनि जानकारी गराउनु भएकाे छ ।
इन्जिनियरले भ्यालुयसन गरेपछि मात्रै जायजेथाकाे मूल्य थाहा हुने ,राज्यकाे समपत्ति कति छ भन्नेकुराकाे मूल्यांकन समेत इन्जिनियरले भ्यालुयसन गरेपछि मात्रै यकिन हुने हुदा यस्ताे महत्वपूर्ण जिम्मेवारी बाेकेका इन्जिनियर हरूलाइ पारदर्सि भएर काम गर्न समेत गभर्नर नेपालले सुझाव दिनुभयाे ।
नेपाल भ्यालुयर्स एसासियसन नेपालका अध्यक्ष ऋषि काेइरालाले इन्जिनियरलाइ राज्यले अपराधि जस्ताे व्यवहार गरेकाे ,बैंककाे ठाडाे आदेशमा इन्जिनियर लाई ब्ल्याक लिस्टमा राख्ने देखि फाैजदारी अभियाेग लगाउने जस्ताे अमर्यादित व्यवहार गरेकाे प्रति आक्राेस पाेख्नुभयाे ।
देशभरीबाट भेला भएका इन्जिनियरहरू अब भिक्टिम भएर नबस्ने अाबस्यक परे बित्तिय क्षेत्रकाे बिरूद्द सडकमा उत्रिन समेत तयार रहेकाे अध्यक्ष काेइरालाले बताउनु भयाे ।देसभरीका आठ च्याप्टर बाट भेला भएका पाँचसय इन्जिनियर हरूकाे चाैथाे अधिवेसनले नयाँ कार्यसमितीकाे समेत चयन गर्ने जानकारी अधिबेसन उद्घाटन सत्रमा गराइएकाे थियाे ।




