काठमाडौं, २० बैशाख । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्यामहरुले बाटो बिराएको टिप्पणी गर्नु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री बास्कोटाले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई समेत लोकतन्त्रविरोधी देखाउने प्रयास गरिएको भन्दै संचार माध्यामहरुप्रति गुनासो पनि गर्नु भयो ।
मन्त्री बास्कोटाले संविधानले पूर्ण प्रेस स्वतन्ताको प्रत्याभूति गरेको उल्लेख गर्दै त्यसको प्रयोगमा संकुचन वा कमजोर बनाउने काम हुनै नसक्ने पनि दोहो¥याउनु भयो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको सम्पूर्ण काम कार्वाही निर्वाचनलाई सर्वस्विकार्य बनाउने मान्यताद्वारा निर्देशित हुने बताउनुभयो । उहाँले निर्वाचनलाई सर्वस्विकार्य बनाउन संचार माध्यामहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
तयसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमैत्री कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा मन्त्री बास्कोटाले दक्षिण एशीयाली प्रेस स्वतन्त्रतासम्बन्धि प्रतिवेदन पनि सार्वजनिक गर्नु भएको थियो ।