प्रधानमन्त्रीलाई निधिको कटाक्ष : अरिंगाल उत्पादन नगर्नुस् | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई निधिको कटाक्ष : अरिंगाल उत्पादन नगर्नुस्

nidhi

काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आलोचकहरूलाई ठेगान लगाउने काम नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। सरकारका आलोचकप्रति सरकारका मन्त्रीहरू तथा सत्तारुढ दलका कार्यकर्ताहरू असहिष्णु बनेको भन्दै उनले त्यस्तो नगर्न भनेका हुन्।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा १३० औँ मे दिवसका अवसरमा बुधबार भृकुटीमण्डपमा आयोजित समारोहमा उपसभापति निधिले जनआन्दोलनका बलमा प्राप्त गरेको प्रणालीलाई सफल बनाउन सङ्घीय सरकार गठन गरेर मात्र नपुग्ने बताए । उनले अधिकार हस्तान्तरण हुन आवश्यक रहेको बताए।

‘भू–माफिया र विभिन्न काण्डमा संलग्न व्यक्तिलाई उम्काउने काम नहोस्, रोजगारी बढाउने, लगानी भित्र्याउने र उत्पादन बढाउने काममा लाग्नुहोस्’, उनले भने, ‘विपक्षलाई ठेगान लगाउन अरिंगाल उत्पादन गर्ने र बुद्धिजीवीलाई थलो पार्ने काम नगर्नुस् ।’

प्रधानमन्त्रीले केही महिनाअघि सरकारको विरोध गर्नेविरुद्ध अरिंगाल भएर जाइलाग्न नेकपाका कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);