लहान नगरपालिका गाढास्गित एक संस्थागत परिसरमा चुनाव प्रचार क्रममा भण्डारा भोज का लागि सामग्री पकाईदै । तस्विर नागरिक
काठमाडौं, १९ भदौ । तेस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् । चुनावी प्रतिस्पर्धासंगै उम्मेदवारबीच मतदाता रिझाउन २ नम्बर प्रदेशमा भोज-भतेर गर्न तछाडमछाड चलेको छ ।
राजनीतिक दल र उम्मेदवार आफुलाई बलियो रुपमा प्रस्तुत गर्न तडकभडकमा उत्रिकाए छन् । उम्मेदवारले मतदाता प्रभावित पार्न जमघट, सभा-भोज गरिरहेका छन् ।
एउटा दलको उम्मेदवरले भोज-भतेर गरेको भोलिपल्टै अर्को दलको उम्मेदवारले भोज-भतेर गर्दै मतदाता आफ्नो पक्षमा ल्याउन कोसिस गरिरहेका छन् ।
एउटा दलका उम्मेदवारले भण्डारामा कुखुराको मासु खुवाउँदा अर्को दलका उम्मेवरा उनलाई उछिन्दै खसीको मासुको भण्डारा गर्छन्, लाहान नगरपाकिला ११ भोटियाटोलका एक ब्यापारीले भने, यहाँ दैनिकजसो मासुभातको भोज चलिरहेको छ ।
उम्मेदवार चुनावी प्रचारमा अयो कि मासु सहितको भण्डारा छ भन्ने बुझ्छन् जनता । भोजमा बच्चादेखि बुद्धाबुद्धासम्म सहभागी हुने उनले बताए । आजको नागरिक दैनिकमा यो खबर छ ।