इस्लामिक विद्रोही समूहद्वारा नेताको भिडियो सार्वजनिक, हारको बदला लिन आक्रमण गरेको दाबी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

इस्लामिक विद्रोही समूहद्वारा नेताको भिडियो सार्वजनिक, हारको बदला लिन आक्रमण गरेको दाबी

shreelanka

काठमाडौं, १७ बैशाख । इस्लामिक विद्रोही समूह इस्लामिक स्टेट (आइएस)ले आफ्ना नेता को भिडियो सार्वजनिक गरेको छ ।

आइएसले पछिल्लो पाँच वर्षमा पहिलोपटक आफ्ना नेता अबु बकर अल–बग्दादीको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा अल–बग्दादीले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेको र त्यसको बदला लिएरै छोड्ने चेतावनी दिएका छन् । भिडियो फुटेजमा अल–बग्दादीले आइएसको नियन्त्रण रहेको अन्तिम क्षेत्रका रुपमा रहेको बाघुजमा भएको हार पनि स्वीकार गरेका छन् । भिडियो कहिले रेकर्ड गरिएको भन्ने स्पष्ट भएको छैन, तर आइएसले भने अप्रिलमा लिइएको भिडियो रहेको बताएको छ । आइएसको अल–पुक्र्वान मिडियान नेटवर्कमा भिडियो पोस्ट गरिएको हो । अल–बग्दादीले इस्टरको दिन श्रीलंकाको राजधानी कोलम्बोमा भएको आक्रमण इराकी शहर बाघुजमा बेहोरेको हारको बदला रहेको दाबी गरेका छन् ।

श्रीलंकामा भएको आक्रमण सम्बन्धी अंशमा अडियो मात्रै रहेकाले यो भाग पछि रेकर्ड गरिएको हुन सक्ने पनि अनुमान रहेको समाचार संस्था रोयटर्ससहितले उल्लेख गरेका छन् । १८ मिनेट लामो भिडियोमा उनले अब बदला लिएरै छोड्ने चेतावनी दिएका छन् । इस्टरको दिन कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तिमा २५० जनाको ज्यान गएको थियो । घटनामा ५०० जना भन्दा बढि घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);