काठमाडौं, १९ भदौं । पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको शुन्य दशमलव चार प्रतिशत आँखासम्बन्धी समस्या देखिएको छ । जुन संख्यात्मक आधारमा एक लाख २५ हजारभन्दा बढी हो ।
विशेषत बूढेसकाल, चिनी रोग, भिटामिन ए को कमी, जन्मजात लगायतका कारण आँखामा समस्या देखिने गरेको छ । अहिले देशभर रहेका २६ वटा आँखा अस्पताल मार्फत सेवा प्रवाह भइरहेको तिलगंगा आँखा प्रतिष्ठानले जानकारी दिएको छ ।
आजको नेपाल समाचारपत्रमा खबर छ ।