काठमाडौं, १६ बैशाख । दुई तिहाई नजिकको सरकार हामीसंग छ । सरकारले हाम्रै पालामा सवृद्धी बनाउछु भनेर पटक-पटक बताई रहेको छ । सुरुको वर्ष आधारको र विधीविधानको वर्ष हो ।
पुर्वाधार तर्फ त्यसपछिको वर्ष विकास हो भनेर सरकारले यो ०७६ साललाई केन्द्रित गरेको छ । बजेटहरु पनि त्यसै गरि विनियोजन गर्नेछौं र सवृद्धीको लागि पनि हामी अघि बढ्दैछौं भनेर बैदेशिक लगानी भित्र्याउने देखि लिएर आन्तरिक तर्फको अवस्था सुधार गर्ने कुरा सम्मलाई सरकारले बताईरहेको छ । सरकारले यसो भने पनि काम गरिरहेकोबाट चाहिँ साच्चिकै देशमा सवृद्धी आउँदै छ त ? कत्तिको विश्वस्त हुन सकिन्छ त ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनितिक विश्लेषक गणेश दत्त भट्टसंग गरेको कुराकानी हेर्नुहोस् :