श्रीलंकामा सुरक्षाकर्मी र बिद्रोही समूहबीच झडप, १५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

श्रीलंकामा सुरक्षाकर्मी र बिद्रोही समूहबीच झडप, १५ जनाको मृत्यु

sainthamaruthu clash

एजेन्सी, १४ बैशाख । श्रीलंकामा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको झडपको क्रममा कम्तिमा १५ जनाको ज्यान गएको छ । गत आइतबार राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा शृङ्खलाबद्ध बम आक्रमणमा २५० जनाको ज्यान गएपछि श्रीलंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुरक्षाकर्मीले त्यसयता देशभर बिद्रोही विरुद्ध कारवाही अभियान चलाएका छन् । यहि क्रममा शुक्रबार राति देशको पूर्वी क्षेत्रमा प्रहरी र सशस्त्र बिद्रोहीबिच झडप भएको हो । बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) हुन सक्ने जनाएको छ । ज्यान गुमाउनेमा ६ बालबालिका पनि छन् ।

शुक्रबार राति अम्पारा क्षेत्रमा झडप भएको हो । झडपमा ज्यान गुमाउनेमा तीनजना आत्मघाती आक्रमणकारी रहेको सेनाका प्रवक्ताले दाबी गरेका छन् । झडपको क्रममा तीनवटा बिस्फोट भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);