पाठ्याक्रम विकास केन्द्रकाे चरम लापरवाही : बाहिर कक्षा १०, भित्र कक्षा ९ | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

पाठ्याक्रम विकास केन्द्रकाे चरम लापरवाही : बाहिर कक्षा १०, भित्र कक्षा ९

bahira 10 bhitra 9

खोटाङ, १४ बैशाख ।  पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा ९ को नेपाली विषयमा कक्षा १० को नेपाली विषयको कभर हालेको भेटिएको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेर विद्यालयमा पठाएको कक्षा ९ को नेपाली विषयमा त्रुटी हुँदा कक्षा १० को नेपाली विषयको कभर हालेको पाइएको हो।

नयाँ शैक्षिक–सत्रका लागि खरिद गरेर ल्याइएका विभिन्न कक्षाको पुस्तकमध्ये कक्षा ९ को कतिपय नेपाली विषयमा कक्षा १० को कभर हालेको पाइएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेका शिक्षक रविन सुनुवारले बताए।

पुस्तकको थुप्रोमा कुनै–कुनै पुस्तकमा त्रुुटी भएको फेला परेको हो। ‘कक्षा ९ को नेपाली विषयको केही पुस्तकमा त्रुटी पाइएको हो,’ शिक्षक सुनुवारले भने, ‘बाहिर कक्षा १० लेखिएको भए पनि भित्र कक्षा ९ कै पाठ्यावस्तु समावेस छ।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार