खुला मञ्च अतिक्रमणको विरोधमा स्थानीय आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

खुला मञ्च अतिक्रमणको विरोधमा स्थानीय आन्दोलित

khula manch

काठमाडौं, १२ बैशाख । काठमाडौंको खुलामञ्च अतिक्रमणको विरोधमा स्थानीय आन्दोलनमा उत्रिएका छन । काठमाडौं महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीहरुले आन्दोलन सुरु गरेका हुन् ।

बिहीबार बिहान खुलामञ्चमै उपस्थित भएर विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले त्यहाँ बनाएका सटरहरु पनि बन्द गराएका थिए । खुला मञ्च खुला गर्न काठमाडौं महानगरपालिकासँग माग गर्दै उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए महानगरपालिकाविरुद्ध कडा रुपमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

काँग्रेस नेता एवम् काठमाडौं क्षेत्र नम्बर ७ का सांसद भिमसेनदास प्रधानसहितको उपस्थितिमा भएको विरोध प्रर्दशनमा खुला क्षेत्र अतिक्रमण गरेर काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बसपार्क र सटर संचालन गर्न अनुमति दिएकोे भन्दै आक्रोश व्यक्त गरेका थिए ।

काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले खुला मञ्च अतिक्रमण गरी सटर बनाई व्यापारीहरुलाई भाडामा दिएपछि स्थानीय र सम्पदाप्रेमीहरुले ‘खुला मंच खुला राखौं’ अभियान सुरु गरेका हुन ।