सहिद विकका छोराको वीर अस्पतालमा उपचार गर्दा ६ लाख ऋण | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

सहिद विकका छोराको वीर अस्पतालमा उपचार गर्दा ६ लाख ऋण

bir hospital

काठमाडौं, ११ बैशाख । ०६२ र ६३ को जनआन्दोलनमा सुरक्षाकर्मीले फालेकोे अश्रुग्यास छातीमा लागेर सहादत प्राप्त गरेकी सेतु विकको थाप्लोमा अहिले ६ लाख ऋण छ । वीर अस्पतालमा माइलो छोरोको पेटको अप्रेसन गर्दा ऋण थपिएको उनले बताए ।

‘माइलो छोराको पेटको अप्रेसन गर्नुपर्ने भयो । सरकारी अस्पताल भनेर वीरमा लगेँ । तर, जिल्ला प्रशासनले दिएको एक लाखबाहेक कतैबाट राहत मिलेन, ६ लाख ऋण छ ।’ उनी नेपालगञ्जमा अटोरिक्सा चलाएर गुजारा गर्दै छन् । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);