सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ति | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ति

काठमाडौं, १० बैशाख । संघीय संसदको दीगो विकास तथा सुशासन समितिका सदस्यहरुले सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सदस्य प्रमिला कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी कार्ययोजना बनाउने गरेको उल्लेख गर्दै आपत्ति जनाएकी हुन् ।

समितिको बैठकमा आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर समितिकी सदस्य कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी आफूहरुलाई बोल्न समेत दिने नगरेको भन्दै समितिको सदस्यबाट राजीनामा दिने चेतावनी दिएकी छन् ।

समितिले आयोजना गरेको दिगो विकास लक्ष्य सम्बन्धि गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बुटवलमा आयोजना गरिएको जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सभापति भट्टले आफूलाई जानकारी नदिएको समितिकी सदस्य कुमारीको आरोप छ ।

संघीय समाजवादी फोरम, नेपालकी सांसद उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गराउने कार्यक्रममा सहभागी किन नगराइएको भन्दै सभापति भट्टलाई प्रश्न गरेकी छन् ।

समितिका अर्का सदस्य खिमकुमार विश्वकर्माले राजनीतिक प्रभावमा परेर सभापति भट्टले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भन्दै आपत्ति जनाए । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीका सांसद समेत रहेका उनले राजनीतिक आस्थाको आधारमा अघि बढ्ने हो भने सभापति भट्टको कुनै पनि कार्ययोजना आफूलाई स्विकार्य नहुने चेतावनी दिए ।

भट्ट काँग्रेसको तर्फबाट समितिको सभापतिमा चयन भएकी हुन् । उनले राजनीतिक प्रभावमा परी काम गरेको समितिका सदस्यहरुको आरोप छ । यता, सभापति भट्टले भने आफूले राजनीतिक प्रभावमा परेर कार्य योजना तय नगरेको बताइन् । उनले पक्ष, प्रतिपक्षमा नलागी आफूले सबैलाई सहभागी गराएर समितिको आगामी कार्ययोजना तय गरिरहेको स्पष्ट पारिन् ।

समितिकी सभापति भट्टले समितिका सबै सदस्यहरुको उपस्थितिमा कार्य योजना तय गर्न आफू लागि परेको बताइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);