ट्रक ड्राईभरको हर्कत : तीन दिनसम्म युवती बन्धक बनाएर बलात्कार, विष खुवाएर हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८२, बुधवार

ट्रक ड्राईभरको हर्कत : तीन दिनसम्म युवती बन्धक बनाएर बलात्कार, विष खुवाएर हत्या

Death body

दैलेख, १८ भदौ । दैलेखमा तीन दिनसम्म बन्धक बनाएर एक युवतीको बलात्कारपछि हत्या भएको छ। कालिकोट जानलाई हिँडेकी ती युवतीलाई ना ५ ख १८८७ नम्वरको ट्रक चालकले तीन दिनसम्म खिड्कीजिउलाको एक होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ।

 

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलका ३२ वर्षीय गाडी चालक लक्ष्मीप्रसाद आचार्यले मामा भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा युवतीलाई बन्धक बनाई राखेको र तेश्रो दिन हिजो शनिबार बिहान ८ बजेतिर बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

 

शनिबार बिहान ती युवतीले विष खाएको भन्दै राकम बजारको एक निजी मेडिकलमा ल्याएर उपचार गराउँदा पीडकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। युवतीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै ज्यान गएको छ।