भारतीय प्रधानन्यायाधीश गोगोईमाथि लागेको यौन उत्पीडन सम्बन्धी आरोपको सुनुवाइ | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

भारतीय प्रधानन्यायाधीश गोगोईमाथि लागेको यौन उत्पीडन सम्बन्धी आरोपको सुनुवाइ

ranjan-gogoi

काठमाडौं, ८ बैशाख । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि लागेको यौन उत्पीडन सम्बन्धी आरोपको सुनुवाइ भएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रञ्जन गोगोई, न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा शनिबार सुनुवाई भएको हो । बेन्चले प्रधानन्यायाधीशमाथिको आरोपको बारेमा अन्य न्यायाधीशसहितको एक विशेष बेञ्चमा सुनुवाई गर्ने जनाएको छ । प्रधानन्यायाधीस गोगोईमाथि उनकै एक जना पूर्वसहयोगी जुनियर असिस्टेन्टले यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन् ।

पूर्वसहयोगीसमेत रहेकी यौन उत्पीडनको आरोप लगाउने ३५ वर्षीया ती महिलाले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई हिजो पत्र लेखी आफूलाई गगोईले सरकारी निवासस्थित कार्यालयमा गत वर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);