यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान, आज हावाहुरीसहित मेघ गर्जनको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान, आज हावाहुरीसहित मेघ गर्जनको सम्भावना

mausam bibhag

काठमाडौं, ८ बैशाख । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्यांग हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै आज राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।

यसैगरी भोलि सोमबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);