नेपालको नानो स्याटेलाइट अन्तरिक्षमा पहिलो पटक उपस्थिति | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

नेपालको नानो स्याटेलाइट अन्तरिक्षमा पहिलो पटक उपस्थिति

nano-satalite

काठमाडौं, ५ बैशाख । नेपालले अन्तरिक्षमा पहिलो पटक आफ्नो उपस्थिति जनाएको छ ।

अहिलेसम्म आफ्नो स्याटेलाइट नभएको नेपालले आज विहान पहिलो पटक आफ्नो नानो स्याटेलाइट अन्तरिक्षमा पठाएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको टोलीले तयार पारेको नानो स्याटेलाइट नेपालको राष्ट्रिय झण्डासहित अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण गरिएको हो । राष्ट्रसंघको सहयोगमा विश्वविद्यालयले संचालन गरेको बर्ड परियोजना अन्तर्गत नानो स्याटेलाइट निर्माण भएको हो । ‘

नेपाली क्यूब स्याट–१’ नाम दिइएको नानो स्याटेलाइटको निर्माण खर्च भने नेपालकै तर्फबाट गरिएको छ । नानो स्याटेलाइट उडाउँदासम्म नेपालको दुइ करोड बजेट खर्च भएको छ । नेपालसँगै श्रीलंकाले पनि पहिलोपटक नानो स्याटेलाइट प्रक्षेपण गर्न लागेको छ । आज विहान २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको नानो स्याटेलाइट प्रक्षेपणको दृष्य अमेरिकी अन्तरिक्ष संस्था नाशाले प्रशारण गरेको थियो ।

ताजा समाचार