भिभिआइपी हेलिकप्टर खरिदः साढे १४ करोड अतिरिक्त व्ययभार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भिभिआइपी हेलिकप्टर खरिदः साढे १४ करोड अतिरिक्त व्ययभार

helicopter

काठमाडौं, ५ बैशाख । नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकप्टर अगस्टा वेस्टल्यान्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्यवभार थपिएको छ ।

हेलिकप्टर खरिदको आर्थिक प्रस्ताव स्वीकृतिमा ढिलाइ भएकाले अतिरिक्त व्ययभार व्योहोर्नु परेको हो । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

२०७४ कात्तिक ३० मा हेलिकप्टर खरिदका लागि सम्झौता भए पनि प्रतीतपत्र खोल्ने प्रयोजनका लागि राष्ट्र बैंकलाई माघ १० गते एक अर्ब ७० करोडको चेक पठाइएको थियो । तर, रकम अपुग भएका कारण कारबाही अघि नबढाइएकाले २०७५ वैशाख २० मा १९ करोड १८ लाख थप गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);