एजेन्सी, १८ भदौ । इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीले उत्तरी बग्दादमा रहेको एक ऊर्जा केन्द्रमा गरेको आक्रमणमा परी सात जनाको मृत्यु भएको छ ।
सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाको समूहले गरेको आक्रमणमा परी एक दर्जन घाइते भएका छन् । राजधानी बग्दादबाट करिब एक किलोमिटरको दूरीमा रहेको समार्रा क्षेत्रमा अवस्थित ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका आक्रमणकारीहरुले सजिलै प्रवेश गरी आक्रमण गरेको प्रहरी अधिकारीहरुले बताएका छन् । आक्रमणबाट कैयौं ट्यांकर ट्रक क्षति भएको एएफपीले जनाएको छ ।